मन्त्री पदको दुरुपयोग गर्दै बिभेद गर्ने घरबेटीलाई लिन पुगे पछि शिक्षामन्त्रीको सर्वत्र बिरोध सुरु , राजधानीमै भयो पुत्ला दहन — OSNepal

मन्त्री पदको दुरुपयोग गर्दै बिभेद गर्ने घरबेटीलाई लिन पुगे पछि शिक्षामन्त्रीको सर्वत्र बिरोध सुरु , राजधानीमै भयो पुत्ला दहन

LC (KTM) June 24, 2021 0

गायिका तथा सञ्चारकर्मी रुपा सुनारले कोठा नपाएपछि अहिले सामाजिक सञ्जालमा कोटा र कोठा शब्दले खुबै चर्चा पाएको छ । आरक्षणको कोटा पाईरहेका आदिबासी जनजाती, पिछडिएका, महिला अपांग सबैले कोटा पाईरहे पनि दलितले पाएको कोटा मात्रै धेरैको लागि तारो बनेको छ ।

यतिसम्म कि सुनार काण्डमा हिरासतमा पुगेकी महिलालाई स्यंम सरकारका मन्त्रि नै झण्डावाल गाडि लिएर लिन पुगेपछि सर्वत्र आलोचना तथा बिरोध भईरहेको छ । यसैक्रममा सुनार लाई न्याय र विभेदकारी शिक्षा मन्त्रीको राजीनामा माग गर्दै दलित पत्रकार महासंघले आज साँझ राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

महासंघका महासचिव विश्वास खड्का थोकी,अनेरास्ववियुका विद्यार्थी नेता रामलाल राजवंशी विश्वकर्मा लगायत झण्डै एक दर्जन प्रदर्शनकारीले बबरमहलमा नाराबाजी गरेका थिए । उनीहरुले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको फोटो सहितको पुत्ला जलाएका थिए । सो क्रममा नाराबाजी र पुत्ला दहनपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर