१८ बर्षिय युवा मिडफिल्डर क्लार्क जर्मन बुन्डेसलिगा क्लब आरबी लाइपजिगमा अनुबन्धित — OSNepal

१८ बर्षिय युवा मिडफिल्डर क्लार्क जर्मन बुन्डेसलिगा क्लब आरबी लाइपजिगमा अनुबन्धित

LC (KTM) June 24, 2021 0

कतिपय सानै उमेरमा चर्चित सेलीब्रेटी बन्न पुग्छन् । त्यस्तै फुटबलमा फ्यानहरुका लागि अमेरिकाका युवा मिडफिल्डर काडेन क्लार्क पनि पर्दछन् । उनी अहिले युवा पूस्ताका लागि मनपर्ने फुटबल खेलाडी बन्दै गईरहेका छन् ।

उनै क्लार्क लाई जर्मन बुन्डेसलिगा क्लब आरबी लाइपजिगले अनुबन्धित गरेको छ । लाइपजिगले १८ वर्षीय अट्याकिङ मिडफिल्डर क्लार्कलाई एमएसएल क्लब न्युयोर्क रेड बुल्सबाट अनुबन्ध गरेको हो ।

युवा मिडफिल्डर क्लार्कले लाइपजिगसँग २०२४ सम्मको सम्झौता गरेका छन् ।बार्सिलोनाको एकेडेमीमा हुर्किएका उनी २०२० मा एमएसएल क्लबमा अनुबन्धित भएका थिए ।उनी एमएलएसको जारी सिजनसम्मको लागि न्युयोर्कबाटै लोनमा खेल्ने छन् ।क्लार्क मिडफिल्डसँगै विंगरको भूमिकामा सहजै खेल्न सक्छन । यस सिजन उनले ८ खेलमा ४ गोल गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर