कोपा अमेरिका फुटबलमा भोली बिहान २ खेल हुदै , उरुग्वे र बोलेभिया तथा चिली र पारग्वे भिड्दै — OSNepal

कोपा अमेरिका फुटबलमा भोली बिहान २ खेल हुदै , उरुग्वे र बोलेभिया तथा चिली र पारग्वे भिड्दै

LC (KTM) June 24, 2021 0

ब्राजिलमा संचालन भईरहेको कोपा अमेरिका फुटबलमा भोली बिहान २ खेलहरु हुदैछन् । पहिलो खेलमा उरुग्वेले बोलिभिया संग प्रतिष्पर्धा गर्दैछ । यी दूई टीमबीचको खेलमा बिहान पौने ३ बजे
एरिना पन्टानलमा हुनेछ । उरुग्वे जसरी भए पनि आजको खेलमा जित निकाल्ने पक्षमा हुनेछ । २ खेल खेलिसकेको उरुग्वेले १ अंक मात्र बनाएको छ ।
उरुग्वे आज पहिलो जितको खोजीमा हुनेछ । अघिल्ला दुई खेलमा उरुग्वेले १ अंक मात्र जोड्न सकेको छ । अघिल्ला २ खेल नै सुम्पिसकेको बोलेभिया भने आज पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रदैछ । बोलिभिया समूहको पुछारमा रहेको छ ।

त्यस्तै दोस्रो खेलमा रोचक प्रतिष्पर्धा हुने भएको छ । चिलीले पाराग्वेसँग खेल्नेछ । दुई टोलीबीचको खेल बिहान पौने ६ बजे सुरु हुनेछ । समूहको दोस्रो स्थानमा रहेको चिलीले ३ खेलमा ५ अंक जोडेको छ । चिली क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । पाराग्वे २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर