प्रेम काब्य भन्दै पतिसँगको बेबी बम्प सहितको यस्तो तस्विर सेयर गरिन् चर्चित आरजे सविना कार्कीले — OSNepal

प्रेम काब्य भन्दै पतिसँगको बेबी बम्प सहितको यस्तो तस्विर सेयर गरिन् चर्चित आरजे सविना कार्कीले

LC (KTM) September 12, 2022 0

काठमाडौं  :

विवाहको ११ वर्षपछि चर्चित आरजे एवं पडकास्टर सविना कार्की आमा बन्दै छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो ‘बेबी बम्प’ सहितको तस्वीर सार्वजनिक गर्दै आफु आमा बन्न लागेको जानकारी गराएकी हुन् ।

उनले आफु आमा बन्न लागेको जानकारी सहित स्टाटस र भीमनिधि तिवारीको मार्मिक कविता पनि सेयर गरेकी छन् । उनी आमा बन्न् लागेको खबर पछि उनका फ्यानहरुले उनलाई बधाइ दिइरहेका छन् ।

उनले स्टाटसमा लेखेकी छन्, ‘म पनि आमा बन्ने तर्खरमा छु । यस आमा शब्दको गुञ्जन सुन्ने दिव्य अवसर मलाई पनि मिल्नेछ । तपाईंको आशीर्वाद, शुभेच्छा, माया सधैं लेखिरहनुस् है ।’ फेरी उनले आज प्रेम काब्य भन्दै पटिसँगको बेबी बम्पसँगको तस्विर सेयर गरेकी छन् । तस्विरमा धेरै कमेन्टहरु आइरहेका छन् ।

१५ वर्षसम्म रेडियो कान्तिपुरमा काम गरेकी सविना २०७३ सालमा रेडियो छाडेकी थिइन् । त्यसपश्चात उनी पडकास्टमा व्यस्त छिन् ।सविना सन् २०११ मा अनिल पराजुलीसँग विवबाह गरेकी थिइन् ।कुनै समयकी हिट रेडियो जक्की उनलाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्या लाखौं छ । सविना कार्की सम्भवतः सबैभन्दा बढी सुनिने नेपाली आरजे एवं पडकास्टर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर