फ्रान्स र पोर्चुगलको खेल अन्तरिक्षयात्रीले अन्तरिक्ष स्टेशनबाट हेरेको तस्विर बन्यो भाइरल — OSNepal

फ्रान्स र पोर्चुगलको खेल अन्तरिक्षयात्रीले अन्तरिक्ष स्टेशनबाट हेरेको तस्विर बन्यो भाइरल

LC (KTM) June 24, 2021 0

काठमाडौँ । यतिबेला कोपा अमेरिका र युरो कपले फुटबलको माहोल तात्तिएको छ । यूरोप र अमेरिकामा जारी खेल संसारभरका फुटबल प्रेमीले त भरपुर मनोरञ्जन लिँदै हेरेका बेला यो खेल अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट हेरेका तस्विर भाइरल बनिरहेका छन् ।

अन्तरिक्षयात्रीले अन्तरिक्ष स्टेशनबाट हेरे फ्रान्स र पोर्चुगलको खेल हेरेको एउटा तस्विर भाइरुल बनिरहेको छ । फ्रान्सका अन्तरिक्षयात्री थोमस पास्क्वेटले बुधबार राति भएको साविकको विजेता पोर्चुगल र विश्वविजेता फ्रान्सको महाभिडन्त अन्तरिक्ष स्टेशनबाट हेरेका हुन् । उनले फ्रान्सको समर्थन गर्दै उक्त खेल हेरेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएको तस्रि अहिले भाइरल बनिरहेको छ । जुन घटना अहिलेसम्मकै पहिलो हो ।

समूह चरणको अन्तिम खेलअन्तर्गत फ्रान्स र पोर्चुगलको खेललाई युरो कपकै सर्वाधिक ठूलो भिडन्त मानिएका कारण पनि यो बहुप्रतिक्षित खेलको ब्यापवक चर्चा भएको हो । जर्मनस्थित एलियान्ज स्टेडियममा भएको उक्त खेल २–२ गोलको बराबरीमा रोकियो । जसमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो तथा फ्रान्सका करिम बेन्जेमाले दुई–दुई गोल गर्दा निकै रोमाञ्चक मोडमा पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर