काठमाडौं २७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको टिप्पणी गरेका छन् ।
सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
अब देशलाई बचाउन एमालेले मंसिरमा हुने निर्वाचनमा बहुमत ल्याउन आवश्यक रहेको अध्यक्ष ओलीले बताए ।
एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको दावी गरेका ओलीले निर्वाचन एमालेको पक्षमा नआए देश बर्बाद हुने जिकिर .गरे ।
ओलीले भने, ‘पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको छ । अर्को पाँच वर्ष फेरि गठबन्धनलाई दिन हुँदैन ।’
देशका शिक्षा, स्वास्थ्य पूर्वाधारलगायतको विकास हुने एमालेको सरकारमाअ मात्र हुने जिकिर गरेका पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले आगामी निर्वाचनले देशप्रति समर्पित सरकार दिन सक्नुपर्ने बताए ।
यो निर्वाचन देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको पनि ओलीले बताए ।