मजदुर युनियनद्धारा कोरोना बिरुद्धको खोपको माग — OSNepal

मजदुर युनियनद्धारा कोरोना बिरुद्धको खोपको माग

LC (KTM) June 24, 2021 0

नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन ( क्युपेक नेपाल) ले मजदुरलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आज सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले निर्माण क्षेत्र लगायत अनौपचारिक क्षेत्रमा काम गर्ने सवै मजदुरको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संलग्न हुने व्यवस्था गर्न माग गरेको छ ।

सात वटै प्रदेशमा आज विहान १० वजे एकै पटक ज्ञापन पत्र बुझाउँदै क्युपेक नेपालले बाढी, पहिरोका कारण पीडित तथा प्रभावित भएका परिवारलाई उचित राहत प्याकेजको घोषणा हुनुपर्ने, जिल्ला दर रेटमा ट्रेड युनियनको प्रतिनिधि अनिवार्य हुनुपर्ने लगायतका ६ बुँदे माग सामाजिक विकास मन्त्री राईले बुझाईएको क्युपेक नेपाल १ नंं प्रदेश प्रमुख तथा केन्द्रिय कमिटी सचिव मुक्तिनाथ गिरीले जानकारी दिनुभयो ।

मन्त्री समक्ष गाउँ तथा नगरपालिकामा विकास निर्माणमा काम गर्ने मजदुरको अभिलेख राख्न व्यवस्थाको थालनी गर्न स्थानीय तहलाई निर्देशीत गर्नका लागि पनि ध्यानाकर्षण गराईएको उहाँले बताउनुभयो । ज्ञापन पत्र बुझ्दै सामाजिक विकास मन्त्री राईले श्रमीकको हकहितको पक्षमा आफुपनि रहेको बताउनुभयो । उहाँले श्रमीक वर्गको समस्या समाधानका लागि पहल गर्ने पनि प्रतिबद्धता जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर