फिल्ममा मात्र हैन असल जिवनमा पनि बलिउड अभिनेत्री राखी सावन्त रमाईलो गर्न माहिर छिन् । राखी आफ्नो हर्कतका कारण आम दर्शकको मनमा ठाउँ बसाउँन सफल भएकी छिन् । हालै राखी सारेगामाको डान्स नम्बर ड्रीममा इण्ट्रि मा देखीएकी थिईन् ।
एक अन्र्तबार्ताका क्रममा राखीले यस प्रोजेक्टको तारिफ गर्दै भनेकी थिईन्– यसलाई हर उमेर समुहका ब्यक्तिद्धारा मन पराईरहेका छन् । म्युजिक, रिलिक्स सबै यसमा ठिक रहेको छ । त्यस्तै राखी बिग बोस सिजन १४ को दौरानमा पनि यस शो लाई एकदमै रमाईलो बनाउन सफल भएकी थिईन् । उनको ईच्छा छ कि अब आउने सिजनमा पनि उनी सहभागि हुन चाहन्छिन् ।
उनको ईच्छा छ अबको सिजनमा पनि अर्काे पटक फेरी बोलाई दिए हुन्थ्यो । तर उनी अब आउने सिजनमा आफ्नो पति रितेश संग इण्ट्रि लिने ईच्छा जाहेर गरेकी छिन् । उनले भनेकी छिन्– म चाहान्छु कि मेरो पति जाउन, उसलाई सिक्नुछ तथा महसुस गराउन मन छ कि उनले म संग बिबाह गरे ।
म चाहान्छु कि सलमान खानले उनलाई भित्र गएर सबक सिकाउन् । उसलाई यो कुरा दिमागमा आओस् कि बिबाह पछि श्रीमतीलाई यसरी छोड्न मिल्दैन । उनले आफु कहिल्यै आफ्नो पतिको साथमा नरहेको बताएकी छिन् । उनले बिग बोसमा दुई जना संगै रहँदा पुरा देशले देखोस् कि आफुहरु संगै रहँदा आफुहरुको ट्युनिङ कस्तो रहन्छ ।
उनले आफ्नै पतिको बारेमा धेरै थाहा नभएको बताएकी छिन् । उनको मान्यता एउटा जिवनमा एउटा श्रीमान् , एउटै रिलेशनसिप र एकै मात्र भगवान रहन्छन् । उनलाई उनको श्रीमान् रितेशले छोडि दिएका छन् ।