काठमाडौं २७ भदौ । मिटरब्याजका पीडित किसानहरुमाथि नेपाल प्रहरीले लाठी चार्ज गरेको छ ।
४१ दिनदेखि माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका मिटरब्याजका पीडित किसानहरुमाथि नेपाल प्रहरीले लाठी चार्ज गरेको हो । तराईका विभिन्न जिल्लाबाट आएर कीर्तिपुरमा अस्थायी बसोबास गर्दै आएका पीडितहरुलाई प्रहरीले कीर्तिपुरमा रोकेर लाठी प्रहार गरेको हो ।
प्रहरीको कुटाईबाट केहि पिडित घाइते भएका छन् । प्रहरीले २० प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घेरावन्दी गरेपनि आफुहरु न्यायको लागि सरकार सामु जाने भन्दै नारावाजी गरिरहेका छन् ।