काठमाडौं २७ भदौ । काठमाडौं महानगरपालिकाले महानगर भित्र भत्काएको अवैध संरचनाको फोहोर सफा गर्न थालेको छ ।
घरधनीले फोहोर सफा गर्न अटेर गरेपछि महानगर आफैँले सफा गर्न सुरु गरेको हो । महानगरले अवैध संरचना भत्काउँदा व्यापारीलाई परेको क्षतिपुर्ति भने धरधनीले तिर्नुपर्ने महानगरले बताएको छ ।
सुनधारास्थित काठमाडौं मल, पशुपति, न्युरोडस्थित आरबी कम्प्लेक्स, सुरज आर्केड, तीनकुने, कोटेश्वर, जडिबुटी शान्तिनगर, नयाँ बसपार्क, मित्रनगर,बनस्थली, असन–इन्द्रचोक–न्युरोड, गौशला क्षेत्रका अवैध संरचनामा महानगरले डोजर चलाएको थियो ।
त्यसको फोहोर महानगर आफैले सफा गरेको छ । अवैध संरचना क्षेत्रको अधिकांश साइट नगर प्रहरीले सफा गरिसकेको महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।