प्रदेश १ मा आज ६१९ जना कोरोना संक्रमणमुक्त , हाल सम्म संक्रमणमुक्त हुनेको संख्या ५८ हजार ४७७ — OSNepal

प्रदेश १ मा आज ६१९ जना कोरोना संक्रमणमुक्त , हाल सम्म संक्रमणमुक्त हुनेको संख्या ५८ हजार ४७७

LC (KTM) June 24, 2021 0

प्रदेश १ मा आज ६१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष रहेका छन् । हाल सम्म संक्रमणमुक्त हुनेको संख्या ५८ हजार ४७७ पुगेको छ । प्रदेश १ मा आज ३८३ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२, उदयपुरमा १८, धनकुटामा ७, इलाममा ४, पाँचथर, सोलुखुम्वु, संखुवासभा र भोजपुरमा२–२, खोटाङमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६४, सुन्दरहरैचामा २०, बुढीगंगामा ११, बेलबारी र लेटाङमा ५–५, कटहरीमा ४, उर्लाबारी, पथरीशनिश्चरे र रतुवामाई ३–३, धनपालथान, मिक्लाजुङमा २, सुनबर्षी, केराबारी,ग्रामथान, रंगेली, कानेपोखरी र जहदामा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ४७, इटहरीमा ४६, बराहक्षेत्रमा ९, दुहवीमा७, रामधुनी र स्थानीयतह नखुलेका ५–५, बर्जुमा ३, इनरुवामा २ जना संक्रमित भएका छन् । झापाको विर्तामोडमा १९, दमकमा १६, मेचीनगरमा ११, अर्जुनधारामा १०, भद्रपुरमा ८,शिवसताक्षीमा ६, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा ३–३, नखुलेका २ र बा¥हदशीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा १२, चौदण्डीगढीमा , उदयपुरगढीमा २ र स्थानीयतह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी, पाख्रिवास, शहिदभूमी र स्थानीयतह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीयतह नखुलेका १–१, पाँचथरको फिदिम र स्थानीयतह नखुलेका १–१, सोलुखुम्वुको थुलुङ दुधकोशीमा २, संखुवासभाको सभापोखरी र धर्मदेवीमा १–१, भोजपुरमा२, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६९ हजार ६०७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ९८३ रहेको छ । प्रदेश १ मा आज १ हजार २८० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २०१ म्हिलार १८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर