बर्दिया- बर्दियाको बारबर्दियाको नगरपालिका नवौँ नगरसभाले रु एक अर्ब तीन करोड ४२ लाख ५२ हजार चार सयको बजेट ल्याएको छ । आन्तरिक राजस्व रु आठ करोड ५० लाख अनुमान गरिएको नगर उपप्रमुख अञ्जु दहितले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।
नगरप्रमुख दुर्गाबहादुर थारुले आर्थिक वर्ष २०७८ । ०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भर्खरै सञ्चालनमा ल्याइएको आरसी थारु मेमोरियल नगर अस्पतालमा आकस्मिक सेवा पूर्ण निःशुल्क गर्नाका साथै स्वास्थ्य ऐन पारित गरेर सिकलसेल उपचार पनि गरिने बताउनुभयो ।