कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाशसहित 'ठालु वकिल’को सम्पत्ति छानबिन गर्न चोलेन्द्रको माग — OSNepal

कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाशसहित ‘ठालु वकिल’को सम्पत्ति छानबिन गर्न चोलेन्द्रको माग

LC (KTM) September 11, 2022 0

काठमाडौं २६ भदौ । निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफुलाई निराधार आरोप लगाउनेहरुको सम्पति छानविन हुनुपर्ने बताएका छन् ।

आइतबार महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो बयान दिने क्रममा जवराले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियासहित केही पत्रकार तथा आफूमाथि आरोप लगाउने ‘ठालु वकिलहरु’को सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।

शम्भु थापा, हरिहर दाहाल लगायत वकिलहरुको सम्पति छानविन हुनुपर्ने भन्दै जवराले भने’मेरो परिवारका सबै सदस्यको सत्तपछि छानबिन होस् । तर मलाई आरोप लगाउने ठालु वकिल, पत्रकार तिनीहरु अदालतमा कस्ता मुद्दा लिएर बिचौलीया बनेर आउँछन् सबैलाई थाहा छ ।’

छानविन होस् भन्दै नभए कैलास सिरोहियालाई प्रधान न्यायाधीश बनाइदिउँ,अरु पत्रकारलाई न्यायाधीश बनाइदिऔं र ठालु वकिललाई जिम्मा दिउँ । भनेर बयानका क्रममा जवाफ दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर