काठमाडौं २६ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले असोज १ गते भोज’ खुवाएर २०७४ सालको प्रतिनिधि सभामा निर्वाचित सांसदको ५ वर्षे कार्यकालबाट बिदाई दिने भएका छन् ।
पाँच वर्षे कार्यकाल असोज २ गते सकिने भएकाले सभामुख सापकोटाले संघीय संसद् भवन नयाँ बानेश्वरमा नै ‘भोज’ खुवाएर बिदाइ गर्न लागेका सचिवालयले जनाएको छ ।
संघीय संसद् सचिवालयले दिएको जानकारी अनुसार असोज १ गते प्रतिनिधि सभाको अन्तिम बैठक बस्ने र सांसदलाई बिदाइ गर्ने कार्यक्रम रहेको बताइएको छ । यही मंसिर ४ गते एकै चरण प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने भएको छ ।
संसद् सचिवालयले भदौ २९ गते बैठक राखेको छ ।