एउटा गरिब परिवारबाट खान नपाएर चितवन झरेको मान्छे म दूई पटक प्रधानमन्त्री बनेकोमा आफूलाई गर्व लाग्छ : प्रचण्ड — OSNepal

एउटा गरिब परिवारबाट खान नपाएर चितवन झरेको मान्छे म दूई पटक प्रधानमन्त्री बनेकोमा आफूलाई गर्व लाग्छ : प्रचण्ड

LC (KTM) September 11, 2022 0

काठमाडौं २६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा भएको निरंकुशताको अन्त्य हुनुपर्ने बताएका छन् ।

युवा भएकै बेला आफुहरुले यसको लागि परिवर्तनको लागि अठोट गरेको बताएका अध्यक्ष प्रचण्डले त्यो अठोट अहिलेसम्म कायम भएको बताए ।

‘राजनीतिमा हामीले निरंकुशताको अन्त्य हुनुपर्छ र सामन्तवादको अन्त्य हुनुपर्छ भन्यौँ ,युवा भएकै बेला हामीले परिवर्तनका लागि अठोट गरेका थियौँ।’ प्रचण्डले भने ।

आइतबार दोस्रो नेपाल युवा उद्यमशीलता सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दृढ अठोटले नै मात्रै सफल हुन सकिने बताएका उनल भने , ‘दृढ अठोट राख्नुस्, सफलता चुम्न आइपुग्छ ।’

खान नपाएको मान्छे भएर पनि आफु दुई पटक प्रधानमन्त्री बनेकोमा सपना हो कि विपना जस्तो आफुलाई लागेको बताए ।

उनले भने, ‘खान नपाएर पहाडबाट चितवन बसाइँ सरेको परिवारको बच्चा हो म। दुई दुई पटक त म प्रधानमन्त्री भइसकेँ। कसरी यो सम्भव भयो, सपना हो कि विपना जस्तो लाग्छ।’

एउटा गरिब परिवारबाट उठेर दुई पटकसम्म देशको नेतृत्व गर्न सकेकोमा आफूलाई गर्व लाग्ने बताएका उनले आफुले कहिले नभएको विद्रोहको कमान्डर पनि गरेको बताए ।

‘मैले कहिल्यै नभएको विद्रोहको पनि मैले कमान्डमा गरेँ। सबैले अवसर पाएर पनि यस्तो गर्न सक्दैनन् तर मैले गरेँ। विस्तृत शान्ति सम्झौताबाट युद्धलाई शान्तिमा लैजाने काम पनि मैले गरेको थिएँ।’ प्रचण्डले अघि भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर