काठमाडौं २६ भदौ । नागरिकता विधेयक प्रमाणिकरण गर्न ढिलाई भएको भन्दै सत्तारुढ दल नेपाली काग्रेस निकट विद्यार्थी संगठनले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् ।
राष्ट्रपति विद्या देवी भण्डारीबाट विधेयक प्रमाणिकरण ढिलाई भएको भन्दै आइतबार बिहान नेविसंघले त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपतिको विरोधमा दर्शनको क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको हो ।
प्रर्दशनकारीले पुत्ला दहन गर्दै नाराबाजी गरेका छन् भने प्रहरीले बल प्रयोग गर्दा विद्यार्थीहरुले प्रहरीमाथि ढुंगामुढा प्रहार हुन् ।