कर अधिकृत रमेश ढकालमाथि अख्तियारको मुद्धा — OSNepal

कर अधिकृत रमेश ढकालमाथि अख्तियारको मुद्धा

LC (KTM) June 24, 2021 0

काठमाडौं १० असार । कर अधिकृत रमेश ढकालमाथि अख्तियारले घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।धनुषा आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत ढकाल माथि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस मागेको उजुरीको आधारमा उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

अन्तशुल्क समायोजन गर्ने भन्दै ढकालले सेवाग्राहीसँग घुस लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ । कानुन बमोजिम ढकाललाई सजायको माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर