प्रधानमन्त्री ओली र आफुहरुलाई एउटै गरी नबुझिदिन प्रचण्डको आग्रह — OSNepal

प्रधानमन्त्री ओली र आफुहरुलाई एउटै गरी नबुझिदिन प्रचण्डको आग्रह

LC (KTM) June 24, 2021 0

काठमाडौँ १० असार । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली कुर्चीका लागि विदेशी शक्तिसामु जस्तोसुकै सम्झौता गर्न तयार रहेको आरोप लगाएका छन् । विदेशी शक्तिको हस्तक्षेपबाट मुलुकलाई बचाउन पाँच पूर्वप्रधानमन्त्रीले सामूहिक अपिल गरेको बताउँदै अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आज बिहिबार विपक्षी गठबन्धले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका प्रचण्डले ओली र आफहरुुलाई एउटै गरी नबुझिदिन आग्रह समेत गरेका छन् । परिस्थिति गम्भिर भएर नै आफुहरुले अपिल गरेको बताएका प्रचण्डले भने ,‘यहाँ प्रत्यक्ष वा परोक्ष विदेशी चलखेल हुन नपाओस् भनेर हामीले अपिल गरेका हौं, रिस्थिति गम्भीर नभई त्यो गरेको होइन ।’

मुलुकको पछिल्लो घटना क्रम बारे नेपाली जनतालाई जानकारी गराउन सामुहिक अपिल गरेको प्रचण्डले बताए । लोकतन्त्र, संविधान र राष्ट्रको चुनौतीका विरुद्धमा जस्तोसुकै अप्ठेरो परिस्थिति पनि सामना गर्ने बताएका प्रचण्डले ‘हामी उस्तै उस्तै हो र, फन्डामेन्टल्ली फरक छैन र ?’ भन्दै कार्यक्रममा प्रश्न समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर