काठमाडौं- आज काठमाडौं उपत्यकामा ३३५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३४ भक्तपुरमा ३३ र ललितपुरमा ६८ जनामा संक्रमण देखिएको हो । बुधबार काठमाडौं उपत्यकामा ४९७ जनामा कोरोना देखिएको थियो ।
पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा मात्र नभइ देशैभर नै सङ्क्र मण घट्दै गइरहेको छ । त्यस्तै मृ त्युदर पनि घट्दै गइरहेको छ । हाज कोरोना कारण देशभरबाट २४ जनाले ज्या न गुमा एका छन् । अघिल्लो दिन ८१ जनाले कोरोनाका कारण ज्या न गुमाए का थिए ।
यो पनि, नेपालमा आज पनि संक्रमित भन्दा निको हुनेको सख्या धेरै, २ हजार ५१८ जनाले जिते कोरोना : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्ते सोही अबधीमा २ हजार ५१८ जनाले कोरोना जितेका छन् । यो सँगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ७० हजार ९५८ पुगेको छ ।
नेपालमा निको हुने दर ९०.७ प्रतिशत रहेको छ । अब नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ । त्यस्तै २४ घण्टामा थप २४ जनाको मृ त्यु भएको छ । यो सँगै कोरोनाका कारण मृ त्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ ।
हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा,३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।