टिम्मुर खानुका फाइदै–फाइदा — OSNepal

टिम्मुर खानुका फाइदै–फाइदा

LC (KTM) September 09, 2022 0

काठमाडौँ- नेपाली टिमुर अहिले विश्व बजारमा लोकप्रिय हुँदै गएको छ । यो स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयमेगी हुन्छ ।आयुर्वेदिक प्रणालीअनुसार टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । यसको प्रयोग दाँत दुखेको निको गर्न र तागत दिने औषधिको रूपमा हुन्छ ।ज्वरो आउँदा, झाडाबान्ता र हैजाले सताउँदा टिमुर सेवन गर्दा उपयोगी हुन्छ ।

टिमुरको धुलो अचार वा चटनीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रुपमा प्रयोग गर्दा फाइदा मिल्छ । खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जोडो मौसममा बढी लाभदायी हुन्छ ।

हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा ९हाई अल्टिच्युड०को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ ।आधुनिक औषधि विज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ । गाउँघरतिर टिमुरको तेल मर्किएको ठाउँ, टाउको दुख्दा र पिनास हुँदा प्रयोग गर्ने गरिन्छ । गाउँघरतिर टिमुरको तेल मर्किएको ठाउँ, टाउको दुख्दा र पिनास हुँदा प्रयोग गर्ने गरिन्छ ।महाभारत पर्वत शृंखलाको १२ सयदेखि २५ सय मिटरसम्मको उचाइका खुला पाखोमा टिम्मुर पाइन्छ ।

नेपालको पश्चिमी क्षेत्रमा यसको उत्पादन बढी हुन्छ । सुर्खेत, अछाम, सल्यान र जाजरकोटका कृषकले टिम्मुरको खेती बढी गर्ने गर्छन् । जंगली जुका खसाल्न तथा जैविक विषादी बनाउँदा टिम्मुरको प्रयोग हुँदै आएको छ ।

चीनमा टिम्मुर एक प्रमुख मसलाका रूपमा भएको हुन्छ । टिम्मुरविना चिनियाँ भान्सा अधुरो हुने मास्टर सेफहरूको भनाइ छ । नेपालमा टिम्मुर अचारको रूपमा बढी प्रयोग हुन्छ । यो छोइला र मासुमा पनि हालिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर