‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट चार दिनअघि निस्किएर हराएकी आस्था मृत अवस्थामा फेला — OSNepal

‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट चार दिनअघि निस्किएर हराएकी आस्था मृत अवस्थामा फेला

LC (KTM) September 09, 2022 0

कैलाली :

चार दिनदेखि हराइरहेकी कैलालीकी आस्था मृत अबस्थामा फेला परेकी छन् । धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था शर्मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । नेपाल–भारत सीमामा पर्ने त्रिनगर मोहना नदी किनारमा शुक्रबार बिहान उनको शब फेला परेको बताइएको छ ।

गत सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी आस्था त्यसपछि सम्पर्कविहीन थिइन्। उनले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको प्रहरीले बताएको छ।

कागजमा कविता लेखिएको र कविताको अन्त्यमा आस्था शर्मा लेखिएको प्रहरीले जनाएको छ ।शवको पोस्टमार्टम गर्ने तयारी गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर