काठमाडौं २४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आशंका व्यक्त गरेका छन् ।
दोस्रो पटक पनि राष्ट्रपतिले भण्डारीले दुवै सदनबाट पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो कि भन्दै अध्यक्ष प्रचण्डले राष्ट्रपति माथि आशंका व्यक्त गरेका हुन् ।
शुक्रबार पोखरामा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै प्रचण्डले यस्तो बताएका हुन् । यदि राष्ट्रपतिबाट यस्तो भएमा आफुहरु अदालत सम्म जाने र राष्ट्रपतिले राजीनामा दिनुपर्ने प्रचण्डका भनाइ रहेको छ ।
‘मलाई त प्रमाणीकरण गर्नुहुन्छ भन्ने नै लाग्छ । तर केही दिनअघि भेटेर कुरा गर्दा उहाँले यसलाई पोलिटिकल इस्यू बनाउने मुडमा रहेको पाएको थिएँ । त्यसैले नगर्ने सम्भावना पनि छ । गर्नुभएन भने यो इस्यू अदालतमा जान्छ र अदालतको फैसलापछि अगाडि बढ्छ ।’ प्रचण्डले भने ।