काठमाडौं २४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनको लागि आफ्नो निर्वाचन क्षेत्रबाट दायाँबाँया नगर्ने स्पष्ट पारेका छन् ।
शुक्रबार पोखरामा सञ्चारकमीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले चितवन–३ बाट दायाँबायाँ नगर्ने प्रष्ट पारेका हुन् । आफुले चितवन ३ बाट चुनाव जित्नेमा पूरा कन्फिडेन्स रहेको समेत बताएका अध्यक्ष प्रचण्डले चितवन–३ बाट आफ्नो उम्मेदवारी तय भइसकेको बताए ।
‘अहिले विभिन्न जिल्लाबाट मलाई हाम्रो पार्टी र अन्य पार्टीका साथीहरुले हाम्रोमा आइदिनुपर्यो भनिराख्नुभएको छ । सबैलाई धन्यवाद नै भन्न चाहन्छु । तर म अहिले चितवनबाटै लड्छु । मेरो दिमागमा दायाँबायाँ अर्को छैन ।’ प्रचण्डले भने ।
चितवनका जनताको चेतना र भावनामा आफूलाई विश्वास रहेकाले जित्नेमा आफु झण्डै झण्डै पूर्ण कन्फिडेन्स र विश्वास रहेको बताए ।
‘गठवन्धन पनि छँदै छ । गठवन्धनमा कुनै विमति छैन । त्यसैले मैले चितवन छोड्दा राम्रो सन्देश दिँदैन । म यहाँ जित्छु भन्नेमा झण्डै झण्डै पूर्ण कन्फिडेन्स र विश्वासमा छु ।’
प्रचण्डे भने ।
अहिले चितवन छोड्दा डराएर गएको जस्तो हुने हुनाले आफु त्यसो गर्न नचाहाने बताए । ‘म त्यसो गर्न चाहन्न, किनकी मैले जित्छु,’ उनले भने ।