पहिलो पटक बोले सन्दीप, भने 'म निर्दोष छु नेपाली कानुन अनुसार न्यायका लागि लड्न तयार छु' — OSNepal

पहिलो पटक बोले सन्दीप, भने ‘म निर्दोष छु नेपाली कानुन अनुसार न्यायका लागि लड्न तयार छु’

LC (KTM) September 09, 2022 0

काठमाडौं, २४ भदौ:

नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू चाँडै स्वदेश फर्कने बताएका छन् । हाल सिपिएल खेल्न वेस्ट इन्डिजमा रहेका लामिछानेले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै चाँडै नेपाल फर्केर आफूमाथि लागेका आरोपको सामना गर्ने बताएका हुन् ।

लामिछानेलाई बिहीबार नै नेपाली राष्ट्रिय क्रिकेट टिम क्यानले कप्तानबाट निलम्बन गरिसकेको छ । उनले आफूमाथि आधारहीन आरोप लगाइएको दाबीसमेत गरेका छन् । आफू निर्दोष रहेको उल्लेख गर्दै नेपाली कानुनअनुसार न्यायका लागि लड्ने र त्यसमा आफूलाई सबै पक्षबाट सहयोग हुने अपेक्षासमेत गरेका छन् ।

उनले नेपालको कानुनको सम्मान पनि गर्ने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर