काठमाडौं २३ भदौ । आगामी निर्वाचनको लागि राजनीतिक दल र उमेदवारले गर्न पाउने खर्चको सीमाका विषयमा सर्वोच्च अदालतले आयोगले गरेका निर्णय झिकाउने आदेश दिएको छ ।
यही मंसिर ४ गते हुने निर्वाचनको लागि राजनीतिक दल र उमेदवारले गर्न पाउने खर्चको सीमा तोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको सुनुवाई गर्दै बिहीबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यस्तो आदेश दिएको हो ।
आयोगले गरेका निर्णय झिकाउन भन्दै सर्वोच्चले यही भदौ २७ गते अन्तरिम आदेशको छलफलका लागि बोलाएको छ ।
आज बसेको न्यायाधशि रेग्मीको इजलासले आयोगलाई राजनीतिक दल वा उमेदवारले निर्वाचनमा गर्न पाउने खर्चमा हद तोक्ने के कस्ता निर्णय भएका छन् सोको प्रमाणित प्रतिलिपिसमेत लिई छलफलका उपस्थित हुन आदेश दिएको हो ।