काठमाडौं २३ भदौ । आगामी निर्वाचनको लागि सीट बाँडफाँडको विषयलाई टुंगो लगाउन सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु उपस्थित भइसकेका छन् ।
साथै बैठकमा सिट बाँडफाँट गर्न बनेको कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनेको ११ सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ ।
प्रतिवेदन पेश पछि बैठक सुचारु हुने बताइएको छ ।