काठमाडौं २३ भदौ । सत्ता गठवन्धनदलको सीट बाँडफाँड गर्न गठित कार्यदलले अझै प्रतिवेदन बनाउन सकेको छैन ।
बिहिबार बिहान नौ बजे देखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको कार्यदलको बैठकले अहिले सम्म प्रतिवेदन तयार पार्न नसकेपछि बैठक बैठक लम्बिएको छ ।
जसले गर्दा अहिले दिउँसो १ बजे बस्ने भनिएको शीर्ष नेताका बैठक सरेको छ । बैठक २ घण्टालाई पर धकेलिएको छ । सो शीर्ष नेताहरुको बैठकमा कार्यदलले प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ ।