८ केजी २ सय ग्राम अवैध लागूऔषधसहित एक जना पक्राउ — OSNepal

८ केजी २ सय ग्राम अवैध लागूऔषधसहित एक जना पक्राउ

LC (KTM) June 24, 2021 0

काठमाडौं १० असार । अवैध लागूऔषध गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका ३ घर भएका २९ वर्षीय लेख बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

गोरखा मनकामना नर्सरीमा लागूऔषधको किनबेच गरिरहेको सुचनाको आधारमा डा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले खनतलासी गर्दा उक्त लागुऔषध फेला पारेको छ । गुरुङलाई प्रहरीले बुधबार साँझ पोखरा महानगरपालिका १० बुद्धचोकबाट ८ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङमाथि थप अन्ुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर