काठमाडौं २३ भदौ । जनता समाजावादी पार्टीका नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिटको बाँडफाँट नगर्ने हो भने गठबन्धनको अर्थ नभएको स्पष्ट पारेका छन् ।
बिहिबार वीरगञ्जमा स्थापना भएको मधेस विश्व विद्यालयको कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने यस खालका गठबन्धनको कुनै अर्थ
नहुने दावी गरेका उनले सब दललाई वीन वीन हुने गरी अगाडि बढ्नुपर्ने बताए ।
अध्यक्ष यादवले आफ्नो भागमा ३२ सिट पर्ने भएपनि छलफल र समझदारीको विषय भएकाले समझदारी गर्दा कहाँ गएर टुंगिन्छ त्यसलाई स्वीकार गरेरै आफुहरु अघि बढ्ने बताए ।