काडमाडौं २३ भदौ । काठमाडौं महानरपालिकाले नक्सा पास नगरीकन निमार्ण गरिएको घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न भन्दै ९० दिनको समय दिएको छ ।
त्यसैगरी, महानगरले भवनको मात्रै नभएर सीमा पर्खालको नक्सा पनि पास गनै ३० दिनको समय दिएको छ । बिहिबार महानगरले एक सुचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास समय तोकिदिएको हो ।
साथै, सुचनामा तोकिएको समयमा नक्सा पास नभए कारवाही गर्ने चेतावनी समेत दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारवाही गरिने महानगरले सुचना माफृत चेतावनी दिएको हो ।
समय काम सम्पन्न नगरे महानगरले त्यस्ता संरचना भत्काउन लागेको खर्च पनि घरधनीबाटै असुल्ने महानगरले सुचनामा उल्लेख गरेको छ ।