मेयर धनराजको उपस्थितिमा पोखराको महेन्द्र पुल क्षेत्रका ३२ सटरमा चल्यो डोजर — OSNepal

मेयर धनराजको उपस्थितिमा पोखराको महेन्द्र पुल क्षेत्रका ३२ सटरमा चल्यो डोजर

LC (KTM) September 08, 2022 0

काठमाडौं २३ भदौ । मापदण्ड विपरीतका अनधिकृत संरचना भत्काउने अभियान काठमाडौं पछि पोखरामा पनि सुरु भएको छ । मेयर धनराज आचार्यको उपस्थितिमा मापदण्ड विपरीत अनधिकृत रुपमा निमार्ण भएका महेन्द्र पुल क्षेत्रका ३२ सटरमा डोजर चलाइएको छ ।

त्यसैगरी, पोखराको एकमात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरले त्यहाँ समेत डोजर चलाएको छ । पर्यटकीय नगरी पोखरालाई व्यवस्थित शहर बनाउने योजना अनुसार अनधिकृत संरचना हटाउन लागिएको मेयर आचार्यले बताए ।

काठमाडौंका मेयर बालेन्द्र शाहले अनधिकृत संरचनाभ त्काउन शुरू गरेपछि पोखरामा पनि यो अभियान सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर