काठमाडौं २३ भदौ । नेकपा माओवादी केन्द्रले एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र मा ४ जनाको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्रको निर्वाचन परिचालन समितिले झापा–५ बाट रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, रमेश गुरागाईं र गगन पुरीको नाम सिफारिस गरेको हो । तामाङ र बस्नेत माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वनेता नेता समेत हुन् ।
गएको २०७४ सालको निर्वाचनमा झापा–५ बाट ओली निर्वाचित भएका थिए । यस पटक पनि सोही क्षेत्रबाट ओलीले उम्मेदवार ि दिने लगभग पक्का जस्तै भइसकेको छ ।