नेता बाँस्कोटाको आरोप सत्ताको लागि विपक्षी गठबंन्धनले प्रणाली नै परिवर्तन गर्न तर्फ लागे
काठमाडौं १० असार । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले विपक्षी गठबन्धन सत्ताका लागि प्रणाली ने परिवर्तनतर्फ लागेको आरोप लगाएका छन् ।
आज संसद विघटन विरुद्ध संवैधानिक इजलासमा सुनुवाई भइरहँदा नेता बाँस्कोटाले यस्तो आरोप लगाएका हुन् । हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनस्थापनाका लागि सडकमा होरु भन्दै नेता बाँस्कोटाले ट्वीटर मार्फत प्रश्न गरेका हुन् ।
उनले लेखेका छन्-“विपक्षी सडकमा तर किनरुहिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनस्थापनाका लागि सडकमा होरु संबिधानको धारा७६को २ र ५ को संबन्ध छैन भन्ने हो भने पार्टी टिकेट सांसद र सरकारको संबन्धै रहेन।त्यसो हो भने विपक्षी गठबंन्धन सत्ताको लागि प्रणाली नै परिवर्तन तर्फ लाग्यो।”