अपूर्व क्षितिज सिंहले माफी मागि सके , माफी दिनु नेवार समुदायको पहिचान — OSNepal

अपूर्व क्षितिज सिंहले माफी मागि सके , माफी दिनु नेवार समुदायको पहिचान

LC (KTM) September 08, 2022 0

काठमाडौं ।

‘माफी मागिसक्यो,
९ दिन पुलिस कस्टडीमा बसिसक्यो
अब कानुनी तरिका अपनाएर छोड्नुपर्‍यो’

योगेश्वर अमात्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस नेवार समुदायको पहिचानका लागि स्वागतयोग्य छ । ‘स्ट्यान्ड अप कमेडियन’ अपूर्व क्षितिज सिंहले नेवार समुदायको चित्त दुखाएको कुरामा विवाद छैन ।

नेवारको सभ्यता, संस्कार र परम्परा एवं चालचलनमाथि उपहास गर्नु ठीक थिएन । तर, उनले माफी मागेका छन्, १० दिनदेखि थुनामा पनि बसिरहेका छन्, तर हामी भगवान गौतम बुद्धका अनुयायी उनलाई माफी दिन सकिरहेका छैनौं ।

बुद्धका अनुयायीको संस्कार अपनाउँदै उनलाई माफी दिएर घर पठाउन ढिला गरियो भने नेवारको सही संस्कार प्रकट हुने छैन ।

भगवान बुद्धले ‘अंगुलीमाल’लाई क्षमा गरेजस्तै क्षमा दिन आम व्यक्तिलाई सहज छैन । तर, योगेश्वर अमात्यले अघि भन्नुभएजस्तै, ‘हाम्रो नेवा संगठन गज्जबकै लाग्छ, चहिने मुद्दामा ध्यान छैन, सानोतिनोमा अल्झेर के नै गरेजस्तो ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर