विराटनगर महानगरपालिकाले ल्यायो, ४ अर्ब १० करोड बजेट — OSNepal

विराटनगर महानगरपालिकाले ल्यायो, ४ अर्ब १० करोड बजेट

LC (KTM) June 24, 2021 0

विराटनगर १० असार । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि विराटनगर महानगरपालिकाले लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । आज बिहिबार विराटनगर महानगरपालिकाको आठौं नगरसभाको बैठकमा उपप्रमुख इन्दिरा कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले आगामी आर्थिक वर्षका लागि बजेमा चालुगत तर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पुँजीगत तर्फ ३ अरब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ विनियोजन गरेको छ । चालुगत तर्फ कुल बजेटको ११ प्रतिशत र पुँजीगत तर्फ ८९ प्रतिशत बजेट विनियोजन गरेको छ ।

महानगरले पूर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर