काठमाडौं १० असार । संसद विघटनको मुद्धामा बहस गर्ने क्रममा वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपतिले धारा ७६ (५) को प्रधानमन्त्रीमा देउवाको दावी अस्वीकार गर्नु गलत भएको बताएका छन् । माधव नेपालको दोहोरो हस्ताक्षर छ भनी राष्ट्रपतिले लिएको दावी गलत भएको बताएका दाहालले समर्थन नै नपाएकोले छ भनेर भन्यो भन्दैमा दोहोरो पर्यो भन्ने हुन्छ ? ’ भन्दै इजलासमा प्रश्न गरेका छन् ।
‘के माधव नेपालजीहरुले केपी ओलीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए त ? उनले प्रश्न गरे । संविधानको रक्षक र पालक राष्ट्रपति भएकाले प्रधानमन्त्रीको हरेक गलत कार्यलाई साथ दिँदै लालमोहर लगाइरहने ?’ भने अदालतमा राष्ट्रपतिको निणर्यबारेमा पनि प्रश्न उठाउन पाइने दाहाल जनाएका छन् ।
‘एमालेका सांसद झलनाथ खनाल, माधवकुमार नेपालहरुले केपी ओलीलाई प्रधानमन्त्री बनाउन कहाँ हस्ताक्षर गरेका छन् ? बरु देउवालाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् । एकोहोरो देउवाको पक्षमा हस्ताक्षर छ, दोहोरो कसरी भयो ?’ दाहालले भने, ‘ । धारा ७६ (५) संसदको रक्षाकवच भएकोले दलीय समर्थन र एकल बहुमतको आधारमा सरकार बन्न नसकेको अवस्थामा संसद जोगाउन धारा ७६ (५) को व्यवस्था गरिएको हो ।