काठमाडौं २२ भदौ । आज बसेको सत्ता गठवन्धनको बैठकले सिट भागबण्डाको मोडालिटी तयार भएको छ । सिट भागबण्डाको मोडालिटी तय गर्न बनेको काँग्रेस नेता कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलले बैठकले प्रतिवेदन तयार पारेको हो ।
बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सञ्चारमन्त्री समेत रहेका कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले शीर्ष नेतृत्वले दिएको जिम्मेवारीअनुसार कार्यदलले प्रतिवेदन तयार गरिएको बताएका हुन् ।
भोली बिहिबार ९ बजे पुन अर्को बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नेतृत्वलाई बुझाइने प्रवक्ता कार्कीले बताए। ‘जिम्मेवारीअनुसार आज हामीले प्रतिवेदन तयार गरेका छौँ । यो प्रतिवेदनलाई भोलि बिहान ९ बजे बस्ने बैठकबाट अन्तिम रुप दिनेछौँ ।’ उनले भने ।
गठबन्धन दलहरुले लिने सिट संख्या करिब करिब मिलेको पनि कार्कीले बताए ।