काठमाडौं २२ भदौ । डेंगु रोग संक्रमण पेलिँदै गएपछि सरकारले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ को अभियानलाई तीव्र बनाउने भएको छ।
बुधबार सरकारका मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको बैठकले डेंगु रोग रोकथामका लागि सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको हो।
रोग नियन्त्रण गर्न मोबाइलमा रिङ्गटोन बनाई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने तथा गको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाउने निणर्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बताए ।