काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले काठमाडौंको होटल सञ्चालकलाई नै फोन गरेर रुम बुक गरेको खुलेको छ । पीडितले आज दिएको बयान अनुसार उनले उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् ।
तर लामिछानेले एउटा मात्र कोठा बुक गरेका थिए सन्दिपले एउटा मात्र कोठा खाली भएको बताउँदै एउटैमा बस्नुपर्ने बताएका थिए । राति लामिछानेले मादक पदार्थ पनि सेवन गरेको समेत पीडितले बताएकी छन् ।
होस्टलमा बस्दै आएकी १७ वर्षकी बालिकालाई दिनभर भक्तुर घुमाएर राती काठमाडौं होटल लगेको बताइएको छ ।