वीरगन्ज २२ भदौ । सत्ता गठवन्धनमा आफ्नो पार्टीलाई उपेक्षा गरे एक्लै चुनाव लड्ने जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
गठबन्धनको बैठकमा सिट बाँडफाँटको छलफल हुँदा जसपालाई उपेक्षा गरिएको महशुस आफुलाई भएको बताएका उनले यदि साँच्चै उपेक्षा गरियो भने जसपा एक्लै चुनाव लड्न तयार भएको अवगत गराएका हुन् ।
आफूहरु गठबन्धनको विरोधी नभएको भन्दै अध्यक्ष यादवले गठबन्धनलाइ निरन्तरता दिनुपर्ने आजको आवश्यकता पनि भएको बताए ।
उनले भने,‘ प्रतिगमनकारी शक्तिहरु फेरि पनि सल्बलाउन खोजी रहेका छन् , त्यसैले उनीहरुले फेरि टाउको नउठाउन भनेर अहिलेको गठबन्धनलाई निरन्तरता दिनु आजको आवश्यकता हो ।’
आगामी निर्वाचनमा संघीयता र गणतन्त्रका पक्षधरहरु पराजित भए प्रतिगमनकारी शक्तिले संघीयता र लोकतन्त्रलाई समाप्त पार्ने र मधेस फेरि गुलाम ९नोकर० बन्ने खतरा रहेको यादवले बताए ।
‘मधेस विद्रोहकै कारण संघीयता र गणतन्त्र आएको हो ,मधेस विद्रोह नभएको भए यो देशमा न संघीयता आउँथ्यो न गणतन्त्र नै’ यादवले भने ।
जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलाला सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् ।