बारमा आगलागी हुँदा १२ जनाको मृत्यु — OSNepal

बारमा आगलागी हुँदा १२ जनाको मृत्यु

LC (KTM) September 07, 2022 0

भियतनाम, २२ भदौ:

दक्षिणी भियतनामको कराओके बारमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मंगलबार राति भवनको दोस्रो र तेस्रो तल्लामा आगलागी हुँदा ग्राहक र कर्मचारीका सदस्यहरू बाक्लो धुवाँले भरिएको सिँढीमा फसेको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

आगोबाट बच्न बालकनीमा भीड बढेको थियो । कोही भने भवनको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । भवनमा लागेको आगलागीपछि फैलिएको धँुवाको मुस्लोले वरपरको वातावरणमा असर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर