काठमाडौं :
अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन् । बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिए पछि पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारीमा आफूहरु रहेको पलका वकिल कमलामोहन वाग्लेले बताए ।
नाबालिकामाथि ब ला त्कारको मुद्दामा मंगलबार नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।
उक्त फैसलामा आफूहरु सन्तुष्ट नरहेको पल शाहका वकिल कमलामोहन वाग्लेले बताउदै आफुहरु फैसलाविरुद्ध उच्चमा पुनरावेदन दिने बताएका हुन् । कुनै पनि मिसिल-प्रमाणले कसुर प्रमाणित हुँदैन, त्यसैले यो फैसला नितान्त गलत छ,’ वाग्लेले भने, ‘हामी उच्चमा जान्छौं ।’त्यस्तै उनले उच्चबाट न्याय पाउनेमा आशाबादी रहेको बताए ।
पीडित भनिएकी नाबालिगले पनि आफूमाथि कुनै यौन हिंसा नभएको भन्दाभन्दै अदालतले गरेको फैसलाले निजको छविमा दाग लाग्ने अवस्था आएको पनि उनले बताए । तनहुँ जिल्लामा अदालतमा चलिरहेको पलविरुद्धको यस्तै प्रकृतिको अर्को मुद्दाको पेशी आगामी असोज २ गतेलाई तोकिएको छ ।