काठमाडौंं २२ भदौ । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको अभियोग पुष्टि भए उनले १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय पाउनेछन् ।
मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।
कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविकरुपमा एकान्तमा लगे, यौनसम्बन्धी अंग छोए वा अन्य कुनै यौन्जन्य अस्वाभाविक व्यवहार गरे बालयौन दुरुपयोग’ हुने युसको उपदफा (२) मा भनिएको छ । जाहेरी परेपछि लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान सुरु गर्नुको साथै पीडित नाबालिगको स्वास्थ्य परीक्षण गरिएको छ ।
पीडित नाबालिगले प्रहरीमा दिएको उजुरी अनुसार लामिछानेले पिंगलास्थानको एक होटल लगि लठ्ठाएर दुई पटक बलात्कार गरेको बताइएको छ ।
नगरकोट घुम्न गएको र फर्कन ढिला भइसकेकोले राति ११ बजेपछि सन्दीपले होटलमा बस्न पीडित बालिकालाई प्रस्ताव गरेको बताइएको छ ।
होटलमा २ वटा कोठा लिन पीडितले भनेपनि लामिछानेले नमानेको र त्यसपछि राति लठ्याएर दुई पटकसम्म निजले पीडित बालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
अहिले प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको सीसी टिभी फुटेज संकलन गर्न सुरु गरेको छ ।