काठमाडौं ।
निर्देशक सुदर्शन थापाले पत्रकार सुजन श्रेष्ठलाई फोन गरेर कानको जाली फुटाउने धम्की दिएको भन्दै चलचित्र पत्रकार संघले आपत्ति जनाएको छ । संघका सचिव रघुनाथ सापकोटाले एक विज्ञप्ति जारी गर्दै स्थापित निर्देशकले तल्लो स्तरमा उत्रिएर रंग पत्रकारलाई धम्की लिदनु आपत्ति जनक भएको विज्ञप्तिमा उल्लेख छ ।
निदेृशक थापाले त त र म म गर्दै धम्कीपूर्ण भाषमा पत्रकारलाई गाली गलौज गरेको विषयमा संघले आफ्नो ध्यानकर्ष भएको जनाउँदै निदेृशक थापालाई सच्चिन र आन्दा इस्ता हर्कत नर्गन समेत चेतावनी दिएको छ । थापको निर्देशनमा तयार भएको चलपचित्र ‘सम्हालिन्छ कहिले मन’ हेर्न दर्शक नआएको भन्दै नौलोन्यूज डटकममा पत्रकार सुजन श्रेष्ठले लेखेको समाचारको विषयलाई लिएर निर्देशक थापा आक्रोशित भएका हुन् । चलचित्रको व्यापारका विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको आरोप थापाको छ ।
निदेृशक थापाले सो अनलाइनमा एउटा तस्बिरसहित समाचार प्रकाशित भएपछि आपत्ती जनाउँदै आफ्नी श्रीमती सुप्रिया कटुवालको मोबाइलबाट फोन गरेर गाली गलौज गरेको बताइएको छ।
यता पत्रकार श्रेष्ठले भने आफू स्वयम् हलमा गएर देखेको दृष्यअनुसार समाचार बनाएको बताएका छन् । सुजनले ‘टिकट फ्रि हुँदा पनि हल सुनसान’ भन्ने शीर्षकमा समाचार लेखेका थिए ।थापाले निर्देशन गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ अहिले देशभर प्रदर्शन भइरहेको छ ।