यस्तो छ तपाईँको आजको राशीफल — OSNepal

यस्तो छ तपाईँको आजको राशीफल

LC (KTM) September 07, 2022 0

आजको पात्रोः २२ भदौं २०७९, बुधबार । तद्नुसार सेप्टेम्बर महिनाको ७ तारिक २०२२ । भाद्रशुक्लपक्ष द्धादशी तिथि, बव करण, उत्तरषाढा नक्षत्र, शोभन योग, चन्द्रमा मकर राशिमा रहेको छ । आजको देवता वृहस्पति र ग्रहदेव सूर्य रहेको छ । आजको दिनलाई वामन द्धादशी भनिन्छ । आज विहान सूर्योदय ५ः४६ र सूर्यास्त ६ः१९ मा हुनेछ । आज विहान ११ः३८ देखि १२ः२८ सम्म समय अभिजित मुहूर्त रहेको छ । बुधबारको दिन आर्थिक कारोबार र मनोरन्जनात्मक कार्यका लागि उपयुक्त मानिन्छ । कुनै नयाँ कामको लागि आजको दिन शुभ मानिन्छ । बुधबार घर गृहस्थका काम गर्दा राम्रो हुनेछ । बुधबारको दिन आर्थिक कारोबारका लागि उपयुक्त हुनेछ । आजको दिन लामो दुरीको यात्राको लागि शुभ मानिदैन ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

तपाईले गर्नुभएको कार्य क्षेत्रबाट मान सम्मान हुनेछ । सामाजिक सेवाबाट तपाईलाई सम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिव र भोका व्यक्तिलाई केही खानेकुरा दिनुहोला । घरका बृद्ध सदस्यलाई खानेकुरा दिनुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्ठी रहन सक्छ । लामो यात्राको लागि अवसर आउनसक्छ । यदी धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु वेश हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले तपाईको नजिकै हरेको कुनै पनि देवी देवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने तपाईको लागि यात्रा फाइदाजनक हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । सोचअनुसार काम हुनेछ । मनमा चिन्ता र भय छ भने पनि हट्दै जानेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यहरुबाट तपाईले गरेको कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन विहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुभयो भने फलदायी हुनेछ । \

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन धन लाभको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा तपाईलाई खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईको काममा सफलता मिल्नेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ । नयाँ कार्ययोजना बनाउनुहोला । आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले नयाँ कामको अवसर आउने छ । आजको दिन मौन रहनु नैं वेश हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नैं वेश हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु होला । दाम्पत्य जीवनमा खुसियाली छाउने छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

ब्यापार ब्यबसायको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशिका जातका लागि आजको दिन सोच अनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । सकेसम्म आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप आउँछन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ । व्यापार ब्यबसायबाट केही फाइदा हुने काम हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आजको कुनै शिवालय र देवालयको दर्शन गरेर मात्र काम शुरुवात गर्दा सोचअनुसार काम हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ । आजको दिन अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

व्यापार ब्यबसायमा लागेका मीन राशिका जातकका लागि आजको दिन उत्तम छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु उत्तम हुनेछ । अध्ययन, अनुसन्धानको काममा ध्यान दिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर