राष्ट्रपतिले आफुखुसी गरेको कामलाई अदालतले लगाम लगाउनै पर्छ अधिवक्ता : रमन श्रेष्ठ — OSNepal

राष्ट्रपतिले आफुखुसी गरेको कामलाई अदालतले लगाम लगाउनै पर्छ अधिवक्ता : रमन श्रेष्ठ

LC (KTM) June 24, 2021 0

काठमाडौँ १० असार । संसद विघटन मुद्धामा आज वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरिरहेका छन् । बहसको क्रममा अधिवक्ता रमनले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिले गरेको निर्णयका सम्बन्धमा अदालतमा प्रश्न उठाउन नपाइने भनी पठाएको लिखित जवाफको विषयलाई लिएर टिप्पणी गरेका छन् ।

उनले के राष्ट्रपतिले आफूलाई तत्कालीन राजाभन्दा माथि सोचेको हो भन्दै इजलासमा प्रश्न उठाएका छन् । अधिवक्ता श्रेष्ठले भने, ‘२०४७ सालको संविधानमा श्री ५ बाट भएरगरेका कामकारवाहीलाई लिएर अदालतमा प्रश्न उठाउन सकिँदैन भन्ने थियो । त्यसलाई त हामीले चुनौती दियौं, के अहिले संविधान सभाबाट निर्मित संविधानअन्तर्गत राष्ट्रपतिले आफूलाई तत्कालीन श्री ५ भन्दा माथि सोचेको हो ?

कांग्रेस सभापति शेर बहादुर देउवा सहितका १ सय ४६ सांसदहरुको तर्फबाट बहस गरिहेका अधिवक्ता श्रेष्ठले राष्ट्रपतिले आफुखुसी गरेको कामलाई अदालतले लगाम लगाउनु पर्ने आवश्यक भएको बताएका छन् । श्रेष्ठले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नको सदन बोलाउनु पर्ने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर