काठमाडौं । हरियाणाकी चर्चित डान्सर तथा गायिका सपना चौधरीले अदालतमा आत्मसमर्पण गर्ने भएकी छन् । सपना चौधरीले ठगी मुद्दामा आज अदालतमा आत्मसमर्पण गर्ने भएको र यसका लागी उनी लखनउ पुगिसकेको भारतिय मिडियाले जनाएका छन् ।
अदालतले सपना विरुद्ध गैर जमानती वारेन्ट जारी गरेपछि उनी आत्मसमर्पण गर्न लागेकी हुन् । सपना चौधरीले पैसा लिएर पनि डान्स शोमा नपुगे पनि सपना चौधरी र अन्य विरुद्ध लखनऊको आशियाना पुलिस स्टेशनमा ठगी मुद्दामा एफआईआर दर्ता गरिएको थियो।
सन् २०१८ मा कार्यक्रम हेर्न टिकट लिएर हजारौं मानिस उपस्थित थिए तर सपना चौधरी राति १० बजेसम्म पनि नआएपछि यो कुरालाई लिएर दर्शकले हंगामा मच्चाएका थिए । त्यसपछि टिकट धारकको पैसा पनि फिर्ता भएको थिएन् ।