काठमाडौँ । भारतीय ‘हेण्डसम हंक’ ऋतिक रोशन फेरी एक पटक चर्चामा आएका छन् । उनी चर्चामा आउनुको कारण हो ‘कृष ४’ लुक्स । साइन्स फिक्सन फिल्म ‘कृष’ रिलिजको १५ वर्ष पुरा भएको अवसरमा ऋतिकले आफ्ना फ्यानमाझ नयाँ खुशीको खबर सार्वजनिक गरेका छन् । ‘कृष’को चौथो संस्करण ‘कृष ४’ घोषणा गर्दै ऋतिकले आफ्ना फ्यान र शुभचिन्तकलाई खुशीको खबर दिएका छन् ।
यो फिल्मलाई लिएर धेरै पहिल्यैदेखि चर्चा परिचर्चा भए पनि आधिकारिक रुपमा कसैले जानकारी नभएका बेला ऋतिकले आफ्ना फ्यानको अहिलेसम्मेको खसलदुरी मेटाइदिएका छन् । जसको एक भिडियो पनि सार्वजनिक गरिएको छ । जसमा कृष र उसको नयाँ मास्कको झलक देखाइएको छ । भिडियोको अन्तिममा ‘कृषको १५ वर्ष’ लेखिएको छ । ‘अतितमा जे हुनु थियो, त्यो भइसकेको छ ।
हेर्दै जाउँ, भविष्य के लिएर आउछ’ भनेर लेखिएको छ । फिल्म ‘कृष’ सन् २००६ को जून २३ मा रिलिज भएको थियो । यो ऋतिकको पहिलो साइन्स फिक्सन फिल्म ‘कोही मिल गया’को सिक्वेल थियो । फिल्मको निर्देशन राकेश रोशनले गरेका थिए । फिल्ममा ऋतिकका साथ प्रियंका चोपडा, रेखा, नसीरुद्दीन शाह प्रमुख भूमिकामा थिए ।