काठमाडौँ १० असार । संसद विघटन सम्बन्धि मुद्दाको सुनुवाई संवैधानिक इजलासमा जारी रहेकोको छ । आज बिहीबार प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई नेतृत्वका इजलासले सुनवाई सुरु गरेको हो ।
तत्काल संसद पुनः स्थापना माग गर्दै रिट निवेदकहरुले सर्वोच्चमा ३० वटा रिट दायर गरेका छन् । अहिले कांग्रेस सभापति शेर बहादुर देउवा सहितका १ सय ४६ सांसदहरुको तर्फबाट बरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले बहस शुरु गरेका छन् ।
हिजो बुधबार विपक्षी गठबन्धनको रिटमा ५ जना कानुन व्यवसायीले बहस गरेका थिए ।