युट्युबमा भाइरल बनेकी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ — OSNepal

युट्युबमा भाइरल बनेकी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ

LC (KTM) June 24, 2021 0

काठमाडौं १० असार । युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्दाजी २१ वर्षीय सुरेश तिम्सिना रहेका छन् । बलात्कारको प्रयास गर्दा सुब्बाले प्रतिकार गरेपछि ती युवकले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या पछि शव नचिनियोस् भनेर अनुहारमा क्षतविक्षत हुने गरी प्रहार गरेको पनि प्रहरीले जनाएको छ । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सुब्बाको बलात्कार प्रयासलाई प्रतिकार गर्दा ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर